१५ लाख चोर्ने २ जना ५ वर्षपछि पक्राउ 



काठमाडौं: काठमाडौं कमलादीस्थित ट्रेड लिंक इन्टरनेशनल प्रालिको कार्यालयबाट १५ लाख रुपैयाँ बढीको धनमाल चार्ने दुईजनालाई प्रहरीले पाँच वर्षपछि पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं यांगलाका २९ वर्षीय कारंजित र गोठाटारका २८ वर्षीय दामोदर श्रेष्ठ छन्। उनीहरुले उक्त कार्यालयमा रहेका नगद, मोबाइल, मेमोरी कार्ड गरी १५ लाख ८८ हजार ९ सय ८ रुपैयाँ बराबरका धनमाल चोरी गरेका थिए ।

२०७० कात्तिक २३ गते राति कार्यालयको झ्यालको जाली काटेर चोरी गरेको आरोप लागेका उनिहरुलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पाँच वर्षपछि दरबारमार्ग र न्यूरोडबाट पक्राउ गरेको हो।

चोरी भएपछि पीडित मनिषप्रसाद राजभण्डारी उजुरी दिएका थिए। उनीहरुविरुद्ध गत असारमा उच्च अदालत पाटनले जनही २३ लाख ८३ हजार ३ सय ६२ रुपैयाँ र १ महिना १५ दिन कैदको फैसला सुनाएको थियो। 

प्रतिक्रिया दिनुहोस्