औषधी व्यवसायी महासंघका महासचिवद्वय झा र गौत्तम प्रहरी नियन्त्रणमा



वीरगन्ज : औषधी पसल बन्द गराएको आरोपमा नेपाल औषधी व्यवसायी महासंघका दुई जना पदाधिकारीलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा पर्नेहरु नेपाल औषधी व्यवसायी महासंघ, नारायणी अञ्चलका महासचिव पप्पु झा र पर्सा जिल्लाका महासचिव विश्वराज गौत्तम रहेका हुन् ।

आफना अध्यक्षलाई प्रहरीले दुव्र्यवहार गरेको भन्दै शनिबार व्यवसायी महासंघले पर्साका सम्पूर्ण औषधी पसल बन्द गराएका थिए । वीरगन्जको घण्टाघर चौकमा सवारी चेकजाँचमा खटेका प्रहरीले महासंघका अध्यक्ष ताजुदीन अंसारीलाई लकडाउन उलंघन गरेको आरोपमा नियन्त्रणमा लिएको थियो ।

प्रहरीले अंसारी चढेको मोटरसाईकल समेत खोसेर दुव्र्यवहार गरेको भन्दै महासंघले प्रहरी ज्यादती विरुद्ध जिल्लाको सम्पूर्ण औषधी पसल बन्द गराएको थियो ।

झा र गौत्तमलाई वडा प्रहरी कार्यालय विर्तामा राखिएको छ । यस अघि पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले औषधी पसल बन्द गराउनेले तुरुन्त पसल नखोलाए पक्राउ गरी अत्यावश्यक ऐन कानुन बमोजिम कारवाही गरिने चेतावनी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्