चिकित्सककी दुई वर्षीया छाेरी अपरहण गर्ने युवक पक्राउ



काठमाडौँ : प्रसूतिगृहमा कार्यरत चिकित्सक बबिता शाहकी दुई वर्षीया छोरी सन्दिज्ञलाई अपहरण गर्ने जनकपुरका मनिषकुमार गुप्तालाई प्रहरीले पक्राउ गरेको छ ।

 

गए राति महोत्तरीको भित्तामोडमा लुकीछिपी बसिरहेको अवस्थामा उनलाई पक्राउ गरिएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता होबीन्द्र बोगटीले बताए ।

 

उनलाई अहिले काठमाडौँ ल्याउन लागिएको जानकारी दिँदै उनले आजै पत्रकार सम्मेलन गरि सार्वजनिक गरिने बताए । मनिषले यही माघ ११ गते काठमाडौँको कोटेश्वरस्थित घरबाट बालिकालाई अपहरण गरेका थिए ।

 

मनिषका परिवारले जनकपुरमा पैसा बुझेपछि उनले सोही दिन तिलगङ्गास्थित गणेश होटल अगाडि बालिका छाडेर फरार भएका थिए । पैसा उनकी पत्नी अर्चना गुप्ताले लिएको पाइएपछि प्रहरीले खाेजी थालेकाे थियाे । उनलाई सोही दिन पक्राउ गरिएकाे थियाे ।

 

उनीमाथि मुद्दा दर्ता गर्नाका साथै अनुसन्धान जारी राखेको प्रहरीले जनाएकाे छ । उनी हाल परिसरको हिरासतमा छिन् ।

प्रतिक्रिया दिनुहोस्