दरवाङ बजारमा सिसिटिभी



म्याग्दी : म्याग्दीको दोस्रो व्यापारिक केन्द्रका रुपमा परिचित मालिका गाउँपालिकाको केन्द्र दरवाङ बजारमा सिसिटिभी क्यामेरा जडान गरिएको छ । वडा कार्यालयको सहयोगमा सिसिटिभी क्यामेरा जडान गरिएको हो ।

गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगरले सिसिटिभीका कारण बजार क्षेत्रमा अपराध, विकृति, दुर्घटना न्यूनीकरण हुने आशा व्यक्त गरे । वडाध्यक्ष सन्तनाथ जैसीले दरवाङ बजारमा हुने विभिन्न आपराधिक घटना नियन्त्रण गर्न सिसिटिभी जडान गरिएको बताए । 

दुई लाख रुपैयाँ लागतमा दरवाङ बजारका मुख्यमुख्य पाँच चोकमा सिसिटिभी क्यामेरा जडान गरिएको छ । सिसिटिभी क्यामेरामार्फत इलाका प्रहरी कार्यालयबाट निगरानी गरिने प्रहरी निरीक्षक रामप्रसाद पाण्डेले जानकारी दिए । सिसिटिभी क्यामेरा जडानसँगै बजार क्षेत्रमा हुने चोरी, विकृति तथा विभिन्न खालका आपराधिक घटना नियन्त्रणमा सहज भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्