दुई तिहाइ हिउँ पग्लने चेतावनी



काठमाडौं: विश्वमा अहिलेकै अवस्थामा हरित गृह ग्यास उत्सर्जन भइरहने हो भने सन् २१०० सम्म हिन्दुकुश हिमालयको दुई तिहाइ हिउँ पग्लने चेतावनी वैज्ञानिकहरूले दिएका छन्। शताब्दीको अन्त्यतिर विश्वको औसत तापक्रम वृद्धि १ दशमलव ५ डिग्री सेल्सियस पुग्ने हो भने पनि यस क्षेत्रको एक तिहाइ हिउँ पग्लने बताइएको हो। 

पाँच वर्ष लगाएर २२ मुलुकका विभिन्न १ सय ८५ संस्थाका ३ सय ५० जना अनुसन्धानकर्ता र विज्ञले तयार गरेको ६ सय २५ पृष्ठ लामो ‘द हिन्दुकुश हिमालय एसेस्मेन्ट–माउन्टेन, क्लाइमेट चेन्ज, सस्टेनएबिलिटी एन्ड पिपल’ प्रतिवेदन सार्वजनिक गर्दै अन्तर्राष्ट्रिय एकीककृत विकास केन्द्र (इसिमोड) ले यस्तो चेतावनी दिएको कान्तिपुरमा खवर छ । 

प्रतिक्रिया दिनुहोस्