डीआईजीपछि सुरु भयो एसएसपीमा बढुवाको तयारी, को–को छन् दाबेदार ?



काठमाडौं : प्रहरी प्रधान कार्यालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवा भएका १० जना प्रहरी अधिकृतलाइृ दज्र्यानी चिन्ह प्रदान गरेको छ ।

यो सँगै गृह मन्त्रालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा रिक्त भएको १९ पदका लागि प्रहरी उपरीक्षक (एसपी) को लिस्ट तयार पार्न थालेको छ ।

गृह मन्त्रालय स्रोतका अनुसार डीआईजीमा बढुवा भएपछि एसएसपीको पद खाली छन् । जसका लागि एसपीहरुको बढुवाको तयारी भएको हो ।

प्रहरी प्रधान कार्यालयका अनुसार आईजीपी ठाकुर ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बढुवा हुने एसपीहरुको नाम पुर्याइसकेका छन् । र, ती नामहरु फाइनल हुने अवस्थामा छन् ।

अहिले एसएसपीमा बढुवा हुनेहरुमा २० जना एसपीहरु दाबेदार छन् । जसमा एसपीहरु वीरेन्द्र बस्याल, राजेश बास्तोला, भरत बोहरा, दुर्गा सिंह, किरण राणा, विष्णुकुमार केसी, कुवेर कठायत, केदार ढकाल, रवीन्द्र केसी, सुदीप गिरी, कृष्णकुमार महत, लालमणि आचार्य र अर्जुन चन्द ठकुरी, एसपी हृदय थापा, सुरेन्द्र मैनाली, अशोकसिंह, चक्रबहादुर सिंह, राजकुमार वैदवार, मुकेश सिंह र चन्द्र खापुङ्ग रहेका छन् ।

यो नाम लिस्टमा अघिल्लो १३ जना मुख्य दाबेदार हुन् भने एसपी हृदय थापा, सुरेन्द्र मैनाली, अशोकसिंह, चक्रबहादुर सिंह, राजकुमार वैदवार, मुकेश सिंह पनि उत्तिबै प्रतिस्षर्धी हुन् ।

यसैबीच, पछिल्लो ब्याचका एसपी चन्द्र खापुङ्ग पनि बढुवाका लागि ठूलो अभ्यासमा लागि परेका स्रोतले बताएको छ । उनी यतिबेला शक्तिकेन्द्र धाइरहेका छन् ।

बढुवा समितिमा रहेका प्रहरी महानिरीक्षक ज्ञवाली र सदस्यसचिव एआईजी शैलेश थापा कार्यक्षमताकै आधारमा एसपीहरुको बढुवा हुने बताउँछन् ।

प्रहरी नियमावली २०७१ को नियम २७ (१)(ख) अनुसार एसएसपीको बढुवा समितिमा गृहमन्त्रालयका सचिव अध्यक्ष, आईजीपी सदस्य र आईजीपीले तोकेको एआईजी सदस्य सचिव रहने व्यवस्था छ । नियम (३) उपनियम (२)(१) अनुसार बढुवाका लागि बस्ने समितिले ज्येष्ठता, कार्यदक्षता, कार्यसम्पादन मूल्यांकनलाई आधार मानेर बढुवा गर्नुपर्छ ।

कार्यसम्पादन मूल्यांकनबापत ४० अंक, ज्येष्ठताबापत २०, भौगोलिक क्षेत्रमा काम गरेको अनुभवबापत ८, शैक्षिक योग्यताबापत १०, तालिमबापत ७.५, चुनौतीपूर्ण वा विशेष जिम्मेवारीबापत ५, विभूषण (मानपदवी, अलंकार तथा पदक) बापत २, बढुवा समितिले दिने ७.५ अंक गरी सबैभन्दा बढी अंक प्राप्त गर्ने व्यक्तिलाई सिफारिश गर्नुपर्ने कानूनी प्रावधान छ ।

प्रतिक्रिया दिनुहोस्