उदयपुरमा एकैदिन ११ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४२ पुग्यो



काठमाडौं : उदयपुरमा थप २ जनामा संक्रमण पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पीसीआर बिधिबाट परीक्षण गरिएका थप दुई जना उदयपुरकै भएको जनाइएको छ।

उदयपुरबाट स्वाब ल्याई राष्ट्रिय प्रयोगशालामा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको हो।

यो सहित उदयपुरमा आज एकै दिन ११ जना संक्रमित भेटिएका छन् ।

आज यसअघि वीपी कोइराला प्रतिष्ठानमा ८ जनाको परीक्षणको रिपोर्ट पोजिटिभ आएको थियो भने राष्ट्रिय प्रयोगशालामैं गरिएको परीक्षणमा अर्का एकजनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको थियो।

त्यसभन्दा पहिले नै उदयपुरमा १३ जनामा संक्रमण पुष्टि भएपछि त्यहाँ ठूलो संख्यामा मानिसहरुको स्वाव संकलन गरिएको थियो।

अब संक्रमितको संख्या उदयपुरमा मात्रै २४ र देशभर ४२ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्