१९ जना एसपीहरुको एसएसपीमा बढुवा



काठमाडौं : नेपाल प्रहरीका १९ जना प्रहरी उपरीक्षक (एसपी)हरूको बढुवा भएको छ ।

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा मा १९ जना उपरीक्षकहरूको बढुवा गर्ने निर्णय गृह मन्त्रालयले मंगलवार गरेको हो ।

प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम (४) को प्रावधान अनुसार उपरीक्षकहरूको बढुवा सिफारिस गरिएको मन्त्रालयले जनाएको छ ।

बढुवा सूचीमा पहिलो नम्बरमा लागू औषध नियन्त्रण व्यूरो, काठमाडौंका प्रहरी उपरीक्षक बीरेन्द्र कुमार बस्याल रहेका छन् ।

यसपछि प्रहरी उपरीक्षक जनक भट्टराई, बिष्णु कुमार केसी, भरत बहादुर बोहरा, कुबेर कडायत, केदार ढकाल, अशोक सिंह, सुदिप गिरी, दुर्गा सिंह, रबिन्द्र केसी, राजेशनाथ बास्तोला, किरण राणा, नवराज भट्ट, लालमणी आचार्य, यज्ञ बिनोद पोखरेल, हृदय थापा, राज कुमार बैदवार, मुकेश कुमार सिंह र चन्द्र कुबेर खापुङको बढुवा भएको हो ।

प्रतिक्रिया दिनुहोस्