मेयर प्रसाईँले काठमाडौंमा रहेका आफ्ना नागरिकहरूलाई आज गाउँ फर्काउदै



सर्लाही : प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनको अवस्थामा घर जान चाहनेलाई प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर सुरक्षित रूपमा व्यवस्थापन गर्न निर्देशन दिएसँगै काठमाडौँमा अलपत्र मजदुरको उद्धार सुरु भएको छ ।

मेयरका स्वकीय सचिव युवराज आचार्यले सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरी हरिवन महानगरपालिकाले घर जान नपाएर अलपत्र आफ्ना नागरिकलाई सहज रूपमा घरसम्म ल्याउन सुरु गरेको जानकारी दिएका छन् ।

कोभिड–१९ को सम्भावित जोखिम न्यूनीकरण गर्न सरकारले आह्वान गरेको लकडाउनका कारणले गाडी नचल्दा घर आउन नपाएका नगरभित्रका नागरिकहरूलाई हरिवन नगरपालिकाले निःशुल्क गन्तव्यसम्म पुयाउन सुरु गरेको हो । हिजो बेलुका सर्लाहीदेखि काठमाडौँ तीन वटा स्कुल बस पठाएर १२० जना आफ्ना नागरिकहरूलाई सुरक्षित गन्तव्यसम्म लगिएको समाजसेवी बिनेश कार्कीले जानकारी दिए ।

Image may contain: 2 people, outdoor

लकडाउनका कारणले काम गर्दै आएको ठाउँमा सामलको अभाव भएपछि मजदुर घर जान कष्टकर यात्रा सुरु गरेपछि सरकारले उनीहरूको उद्धार गरी सहज रूपमा घर पु-याउने निर्णय गरेको थियो । दोस्रो पटक थप गरिएको लकडाउनपछि प्रशासनले पास वितरणमा कडाइ गरेपछि मजदुरको उद्धार हुन सकेको थिएन ।

Image may contain: 1 person

सर्लाही हरिवन नगरपालिकाका मेयर प्रसाईँले प्रतिनिधि पात्रको रूपमा काम गरिरहेका छन्, जसले नगरवासीको पीडालाई आफ्नै पीडा सम्झेर सकेसम्म सहयोग गरिरहेका छन् । नगर प्रमुख प्रसाईँले आफ्नो नगरमा कोरोनासम्बन्धी सचेतनामूलक कामका साथै राहत वितरणलाई प्रभावकारी रूपमा अघि बढाउन सफल भएकाले प्रदेश न २ मै बधाईको पात्र बनेका छन् ।

क्वारेन्टाइनको व्यवस्था, राजमार्गमा भोक भोकै हिँडिरहेका बटुवाहरूलाई निःशुल्क खानाको व्यवस्था, नगरभित्रका सबै वडामा दैनिक स्वास्थ्य चेक जाँच गर्ने व्यवस्था, प्रभावकारी रूपमा राहत सामग्री वितरण आदि उक्त क्षेत्रमा गरिएको महत्त्वपूर्ण कामहरू हुन् ।

Image may contain: 2 people

त्यस्तै यदि कसैलाई खाद्यान्नको अभाव भएमा वा उसले खरिद गर्न नपाएमा वडा अध्यक्षमार्फत जानकारी गराएमा नगरको तर्फबाट घरमै खाद्य सामाग्री ढुवानी गर्ने व्यवस्था प्रसाईँले गराएका छन् । कसैले स्वास्थ्य सम्बन्धी जानकारी लिनु पर्‍यो वा कसैलाई स्वास्थ्यमा समस्या परेमा २४ सै घण्टा सेवा दिने गरी तुरुन्तै घरमा पुग्ने क्विक रेसपोन्स टिमको गठन गरी घर घरमा पुगेर स्वास्थ्य सेवा प्रदान गर्ने काम समेत भइरहेको देखिन्छ ।

Image may contain: 1 person, standing and outdoor

कसैलाई उपचार पश्चात् पनि ज्वरो कम नभएमा नगरपालिकाले निःशुल्क रूपमा एम्बुलेन्स मार्फत सम्बन्धित हस्पिटलमा पठाउने व्यवस्था समेत गर्दै आएको छ । साथै अध्ययनका लागि यस नगरमा बस्दै आएका बाहिरका विद्यार्थीको लागि समेत नगरपालिकाले अभिभावकत्व ग्रहण गर्दै उनीहरूलाई राहतको व्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस्