घरमै बसेर रमजान मनाउन मुसलमान समुदायलाई आग्रह



एजेन्सी : मुसलमान समुदायको ठूलो पर्वको रुपमा रहेको रमजान मनाउँदा घरमै बसेर मनाउन आह्वान गरिएको छ ।

चर्चित गजल गायकद्वय उस्ताज अहमद हुसेन र उस्ताज मोहम्मदले जयपुरबाट यस्तो आह्वान गरेका हुन् ।

कोरोनाभाइरसको सङ्क्रमण फैलिने खतरा र बन्दाबन्दीको कार्यान्वयन गर्नुपर्ने पक्षलाई ध्यान दिँदैै घरमै रमजान मनाउनु उपयुक्त हुने उनीहरुको भनाइ छ ।

भारतमा देशव्यापी बन्दाबन्दी लागु भइरहेको छ भने दैनिक दर्जनौमा कोरोनाभाइरसको सङ्क्रमण देखिदै गएको छ ।

उनीहरुले आफैले बनाएको भिडियो सन्देश मार्फत् लकडाउनको उल्लङ्घन नगरी घरमै बस्न र घरमै रमजान मनाउन आग्रह गरिएको छ ।

मुस्लीम धर्माबलम्बीहरुले एक महिनासम्म व्रत गरेर मनाउने महत्वपूर्ण पर्व मानिने रमजान यही अप्रिल २५ देखि शुरु हुन लागेको छ ।

रमजानको शुभकामना समेत दिँदै उनीहरुले लकडाउनसम्वन्धी निर्देशिका पूर्णरूपमा पालना गर्न पनि आग्रह गरेका छन् ।

त्यसैगरी फिल्म अभिनेता राजा मुरादले पनि अल्लाहको मार्गलाई मनन् गर्दै एक महिने रमजान मनाउन आग्रह गरेका छन्।

भिडियो सन्देशमार्फत् उनले मुस्लीम दाजुभाई तथा दिदीबहिनीहरूलाई अहिलेको विशेष अवस्थालाई ख्याल गर्न पनि ध्यानाकर्षण गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्