कारोना भाइरस : स्पेनमा पछिल्लो २४ घण्टामा ४४० जनाले ज्यान गुमाए



एजेन्सी : विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण स्पेनमा पनि डरलाग्दो अवस्थामा फैलिएको छ ।

हालसम्म अमेरिका पछि स्पेन कोरोना भाइरसले प्रभावित बनेको छ ।

स्पेनमा पछिल्लो २४ घण्टामा ४४० जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या २२ हजार १५७ पुगेको छ ।

स्पेनमा एकैदिन करिव ४ हजार ६३५जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या २ लाख १३ हजार २४ पुगेको छ ।

स्पेनमा संक्रमितमध्ये ८९ हजार २५० जना उपचारपछि निको भएका छन् । ७ हजार ७०५ जनाको अवस्था गम्भीर रहेको छ भने १ लाख १ हजार ६१७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्