महामारीमा मोदीको नेतृत्व प्रशंसनीय: विल गेट्स



एजेन्सी–गेट्स फाउन्डेसनका अध्यक्ष बिल गेट्सले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको प्रंशसा गरेका छन् ।

माईक्रोसफ्टसका संस्थापक समेत रहेका गेट्सले प्रधानमन्त्री मोदीलाई पत्र लेखी उनले महामारीको नियन्त्रण र रोकथामका लागि चालेको कदमहरूको प्रंशस गरेका हुन् ।

मोदीले महामारी नियन्त्रण तथा रोकथामका लाई अपनाएको रणनीतिहरुलाई गेट्सले उत्तम भनेका छन् । भारतमा गरिएको देशव्यापी लकडाउन, पकेट एरियाको पहिचान गरी गरिएको टेस्टिंग तथा क्वारेन्टाईनलाई गेट्सले उपयुक्त उपाय बताएका छन् ।

विट्सले भारतले डिजीटल क्षमताको प्रयोग गर्दै कन्ट्याक्ट ट्रेसिङको उपाय अपनाएकोले पनि मोदीका प्रंशसा गरेका हुन् ।

भारतले स्वास्थ्य क्षेत्रमा अनुसन्धान एवम् आविष्कारकामा बजेट बढाएर पनि प्रशंसनीय कार्य गरेको उक्त पत्रमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्