अपाङ्ग व्यक्तिलाई स्वास्थ्य सामग्री र औषधि सहयोग



धनगढी : बोलन्या थली संस्थाले अपाङ्गता भएका व्यक्तिलाई २६ हजार रुपैयाँ बराबरको स्वास्थ्य सामग्री र औषधि सहयोग गरेको छ ।

नेपाल प्यारा ओलम्पिक कमिटि सुदुरपश्चिम प्रदेशकमा अध्यक्ष दिर्घ कुमार सुवारको पहल र समन्वयमा संस्थाले कञ्चनपुरका ८ र बैतडीका २ जनालाई स्वास्थ्य सामग्री उपलब्ध गराएको हो ।

अपाङ्गता भएका व्यक्तिलाई सहयोग गर्ने लक्ष्यसहित पहिलो चरणमा स्पाइनल कर्ड इन्जुरी भएका अपाङ्गतालाई इयर मेट्रेड, सीआरसी पाइप, युरिन ब्याग, जेली, ग्लोब्स, डिस्ट्रिल वाटर, स्यानिटाइजर, माक्स, एडिसिप पेपर, डाइफर लगायतका सामग्री हस्तान्तरण गरिएको अभियानका संयोजक यादव जोशीले बताए ।

अभियानलाई वेस्ट डाइजेस्टकी सञ्चालक सिर्जना जोशीले आर्थिक सहयोग गरेका संयोजक जोशीले बताए । लकडाउनका बेला बोलन्या थलीले अत्यावश्यक औषधि घरदैलोमै पुर्याउन धनगढीमा सहयोग गर्दै आएको छ ।

औषधिको अभावमा रहेका अन्य अपाङ्गता भएका व्यक्तिलाईसमेत सहयोग चाहिए ९८५८४८०६५४ मा सम्पर्क गर्न संयोजक जोशीले आह्वान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्