स्विट्‌जरल्यान्डले नेपाललाई स्वास्थ्य सामग्री सहयोग गर्ने



काठमाडौं : स्विट्‌जरल्यान्डद्वारा नेपाललाई ३० हजार पीसीआरसहितका स्वास्थ्य सामग्री सहयोग गर्ने भएको छ। नेपाल सरकारको आग्रह अनुसार स्विट्‌जरल्यान्डले कोरोनाविरुद्ध लड्का लागि विभिन्‍न स्वास्थ्य सामग्री सहयोग गर्ने भएको काठमाडौंस्थित स्विट्‍जरल्यान्ड दूतावासले जनाएको छ ।

जसमा ३० हजार थान पोलिमरेज चेन रिएक्सन (पीसीआर), पाँच हजार थान व्यक्तिगत सुरक्षा सामग्री (पीसीआर) र २०० थान इन्फ्रारेड थर्मोमिटर (आईटी) गरी पाँच लाख ९२ हजार स्विस फ्रांक बराबरको सहयोग गर्न जनाएको छ।

प्रतिक्रिया दिनुहोस्