पूर्वराजाले ओली सरकारलाई दिए फोहोरी खेलको संज्ञा



काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले जनमतको खिल्ली उडाएको टिप्पणी गरेका छन् ।

राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी अध्यादेशमा आफ्नो धारण ट्वीटमार्फत व्यक्त गर्दै संकटको बेला जनसेवाको पूर्ण बेवास्ता गरेको उनको आरोप छ ।

साथै उनले यस्ता दलबाट देशको भविष्य निर्माणको आशा गर्ने आधार अब नरहेको पनि ठहर गरेका छन् ।

‘संकटको यस घडीमा पनि जनसेवाको पूर्ण बेवास्ता गर्दै, प्राप्त जनमतको खिल्ली उडाउँदै सत्ताधारी राजनैतिक दल आपसी मनमुटाब र फेरी पनि राज्य सत्ताको आडमा फोहोरी खेल खेल्न उद्यत भएको देख्दा आम नेपालीको मन कति रोएको होला । यस्ता दलबाट देशको भविष्य निर्माणको आशा गर्ने आधार अब केही रहेन’– उनले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्