सरकारले गल्ती सच्यायो-कांग्रेस



काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले अध्यादेश फिर्ता लिएर सरकारले गल्ती सच्याएको बताएका छन्।

प्रवक्ता शर्माले ट्विटरमा लेखेका छन्, ‘अध्यादेश फिर्ता लिएर सरकारले गल्ती सच्यायो, अब अपहरण शैलीमा सांसद उठाउने कर्ममा संलग्नलाई कारबाहीको प्रतीक्षामा छ, देश’

आज बसेको मनित्रपरिषद्को बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरेको केहि समयमा नै कांग्रेस प्रवक्ता शर्माले सामाजिक सञ्जाल ट्विटरमार्फत यस्तो प्रतिक्रिया दिएका हुन्। उनले सम्पूर्ण ध्यान र शक्ति कोरोनाविरुद्धको संघर्षमा केन्द्रित गर्न पनि आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्