डीआईजी थापाले सम्हाले सीआईबी प्रमुखको कार्यभार



काठमाडौं : नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजी) सहकुल थापाले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुखको जिम्मेवारी सम्हालेका छन् ।

महानगरीय अपराध महाशाखाका प्रमुखको कार्यभार सम्हालेका सहकुल थापाले डिआईजीमा बढुवा भएपछि सीआईबी प्रमुखको जिम्मेवारी पाएका थिए ।

शुक्रवारबाट नयाँ जिम्मेवारी सम्हालेका डीआईजी थापाले नयाँ जिम्मेवारीका लागि आफू उत्साहित भएको बताए ।

जिम्मेवारी सम्हालेपछि थापाले भने, ‘कानूनको परिधिमा रहेर, संगठनको इज्जत राखेर उच्च मनोबलका साथ काम गर्नेछु,’ ।

सीआईबीमा यसअघि निरजबहादुर शाहीले प्रमुखको जिम्मेवारी सम्हालेका थिए ।

प्रतिक्रिया दिनुहोस्