बाहिरी जिल्लाबाट आएका सबैलाई क्वारेन्टाइनमा राखिने



पर्वत : नेपालमा कोरोना सङ्क्रमितहरूको सङ्ख्या बढ्दै गए पछि पर्वतमा बाहिरी जिल्लाबाट आएका सबैलाई क्वारेन्टाइनमा राखिने भएको छ।

कोरोना नियन्त्रण र न्यूनीकरणका लागि बाहिरी जिल्लाबाट जो कोही पनि जिल्लामा भित्रिएका अनिवार्य रूपमा क्वारेन्टाइनमा बस्नुपर्ने गरी जिल्ला प्रशासन कार्यालयले सबै पालिकाहरूलाई निर्देशन दिएको छ।

अन्तर जिल्ला र अन्तर पालिका आवतजावतमा समेत रोक लगाउने निर्णय भएसँगै आवागमनको बन्द र क्वारेन्टाइन बसाइलाई झनै कडाइका साथ लागू गरिएको बताइएको छ।

suchana1_11.jpg
प्रतिक्रिया दिनुहोस्