अहिलेसम्म ४९ हजार ३ सय ३६ जनाको कोरोनो परीक्षण, आज नयाँ संक्रमित भेटिएन



काठमाडौं : देशभर अहिलेसम्म ४९ हजार ३ सय ३६ नजामा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ। पीसीआरविधिमार्फत ९ हजार ६ सय ६६ र र्‍यापिट डाइगोनोष्टिक टेष्ट (आरडिटी) मार्फत ३९ हजार ६ सय ७० वटा परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ९ सय ४५ जनाको नमूना परीक्षण भएको छ। आज नयाँ संक्रमित भेटिएको छैन।

मन्त्रालयका अनुसार प्रदेश १ मा ४ हजार १ सय ६०, प्रदेश २ मा ५ हजार ४४, बागमतिमा ७ हजार ४ सय ६७, गण्डकीमा ४ हजार ८ सय ७१, प्रदेश ५ मा २ हजार ९ सय ५०, कर्णालीमा ४ हजार ९ सय ७४ र सुदुरपश्चिम प्रदेशमा १० हजार २ सय ४ जनाको आरडिटिबाट कोरोनाको परीक्षण भएका छन्।

कुल संक्रमित ४९ जनामध्ये हालसम्म १५ जना उपचारपछि निको भएका छन्। उपचाररत संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको प्रवक्ता देवकोटाले जानकारी दिए।

काठमाडौं उपत्यकामा ३ र बाहिर ८४ गरी कुल ८७ जना आइसोलेसनमा छन्। भने आजसम्म देशभर १४ हजार ७ सय ३१ जना क्वारेन्टाइनमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्