यौनांगभित्र एक जनाको मात्रै शुक्रकिट ! सबै प्रमाण नाश, अनुसन्धान प्रभावित



काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको करिब दुई महिना पुग्दैछ। तर, अझै दोषी पत्ता लाग्ने छनकसम्म देखिएको छैन। यसो हुनुको प्रमुख कारण तत्कालिन कञ्चनपुर प्रहरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) डिल्ली विष्टको भूमिका नै प्रमुख भएको प्रहरीको भनाई छ। विष्टले अपराधीसम्म पुग्नुको साटो प्रमाण नष्ट गर्ने कार्यमा सक्रिय भूमिका खेलेको बालिकाकै आमा बुबाको आरोप छ।

छानबिन माथि छानबिन निर्मला पन्तको बलात्कार र हत्या अनुसन्धानमा कञ्चनपुर प्रहरी र केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले लापरबाही गरेको भन्दै प्रहरी प्रधान कार्यालयले प्रहरी नायव महानिरीक्षक (डीआईजी) धिरु बस्नेतको नेतृत्वमा ९ सदस्यीय छानबिन टोली गठन गरेको छ।

यसअघि भदौ १४ गते वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) उत्तम सुवेदी नेतृत्वको समिती गठन भएको थियो। त्यही समितिलाई अधिकार सम्पन्न बनाउन बस्नेतलाई प्रमुख बनाइएको प्रहरी प्रवक्ता एसएसपी शैलेश थापा क्षत्रीको भनाई छ। बस्न्यातको समितिले आतबारबाट नै पन्तको हत्याबारे अनुसन्धान शुरु गरिसकेको छ।

निलम्बनमा परेका र तत्कालीन समयमा निर्मला पन्त हत्याको अनुसन्धानमा संग्लन सबै दर्जाका प्रहरीलाई हेडक्वार्टर बोलाएर बयान लिन सुरु भइसकेको जनाएको छ। त्यस्तै पन्तको हत्याकाण्डको अनुसन्धाना गृहमन्त्रालयका सहसचिव हरिप्रसाद मैनाली र सीआइबीका एसएसपी ठाकुरप्रसाद ज्ञवालीको टोलीले समेत छुट्टाछुट्टै अनुसन्धान गरिरहेको छ।


प्रमाणको नाममा एउटै 'भेजिनल स्वाब'

निर्मलाका बलात्कारी र हत्यारा पत्ता लगाउने प्रहरीसँग खास प्रमाण नै छैन। हत्यासँग सम्बन्धित प्रमाण सयम र अन्य कारणले नष्ट भइसकेका छन्। तर, प्रहरीसँग एउटै प्रमाण छ, निर्मालाको यौनांगको भित्री भागमा भेटिएको पुरुषको शुक्रकिट। प्रहरीले यही प्रमाणबाट अपराधीसम्म पुग्ने प्रयास गरिरहेको छ।

उक्त प्रमाणसंँग डिएनए परीक्षणमा मेल नखाए पछि दिलिपसिंह विष्ट छुटेका हुन्। अहिले छानबिन समितिले निलम्बित एसपी डिल्ली विष्ट, उनका छोरा किरण विष्ट र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुष विष्टको समेत त्रिवि शिक्षण अस्पतालको फरेन्सिक ल्याबमा डीएनए परीक्षणका लागि रगत दिएको जनाएको छ। यसको नतिजा केही दिनमा आउनेछ। सिआइबी स्रोतका अनुसार निर्मलाको यौनांगमा भेटिएको शुक्रकिट एक जनाको मात्रै रहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्