काठमाडौंबाट धनगढी र महेन्द्रनगरका लागि आज २० बस छुट्दै



काठमाडौं : काठमाडौंमा लकडाउनमा फसेका कैलाली र कञ्चनपुरका बासिन्दालाई लिएर २० वटा बस छुट्दै छन् ।

भोलि पुनः धनगढी, महेन्द्रनगर, डोटी र डडेल्धुराका लागि २० भन्दा बढि छुट्ने छन् । काठमाडौंमा अलपत्र परेका कैलाली र कञ्चनपुरका बासिन्दालाई लिएर केही बस हिडिसके, सुदूरपश्चिम यातायातका काठमाडौं प्रमुख मिन पनेरुले भने, आज साँझसम्म २० बस छुट्दै छन् ।

महेन्द्रनगरका लागि १४ र धनगढीका लागि ६ वटा बस छुट्दै छन् । प्रहरीले काठमाडौंमा हिजोसम्मे बस चल्न दिदैनथ्यो । आज दिउँसो पनि बस चल्न दिएका कारण बसहरु दिउँसो पनि सुदूरपश्चिमका लागि छुटेका छन् ।

सडकमा बस रोकिन नदिएका कारण कतिपय यात्रु भने बिभिन्न स्थानमा छुटेका छन् । काठमाडौंमा अलपत्र परेका विद्यार्थी, मजदुर र बेरोजगारहरुको उद्दारका लागि सुदूरपश्चिमका सिनियर नेता तथा सांसदहरुको पहलमा सुदूरपश्चिमबाट बसहरु पठाईएका हुन् । थुप्रै स्थानीय तहलेसमेत आफ्ना नागरिकलाई ओसार्न बस पठाएका छन् । डडेल्धुराको अमरगढी नगरपालिकाले ४, पर्शुराम नगरपालिकाले २, नवदुर्गाले २ बस काठमाडौं पठाएको छ । भागेश्वर र अजयमेरुले पनि बस पठाउने तयारी गरेको छ ।

डडेल्धुरामा मात्र काठमाडौंबाट ७ सय भन्दा बढि व्यक्ति भित्रिन लागेको बताईएको छ । त्यस्तै डोटीबाट निर्वाचित संघीय सांसद प्रेम आलेले डोटीको पूर्वी चौकी र बोगटान क्षेत्रका बासिन्दालाई भोलि बिहान बानेश्वरबाट बसमा पठाउँदै छन् ।

काठमाडौंबाट डोटी जान चाहने व्यक्तिले सांसद आलेका स्वकीय सचिव हेमन्त रेग्मी ९८४५८०५६८० र पूर्ण संगम जेठारालाई ९८४३५१३९५६ नम्बरमा सम्पर्क गर्न सक्ने छन् । आज साँझ काठमाडौंबाट धनगढी आउनेले कर्णाली यातायातको बसका कर्मचारी ९८४८६९५०६ मा सम्पर्क गर्न सक्ने छन् ।

भोलि र पर्सी काठमाडौंबाट सुदूर पश्चिम आउने व्यक्तिले सुदूर पश्चिम यातायातका काठमाडौं प्रमुख मिन पनेरुलाई ९८५१००००३२ मा सम्पर्क गर्न सक्ने छन् । पनेरुले सुदूरपश्चिम जान चाहने व्यक्तिलाई सोझै बालाजुस्थित बस पार्कमा आएर सम्पर्क गर्न आग्रह गरे । बाटोमा प्रहरीले बस रोक्न र यात्रु चढाउन नदिने भएकोले बसपार्कमै आउन उनले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्