‘कागजपत्र’ को पहिलो गीत ‘माया संसार’ सार्वजनिक



काठमाडौँ : फिल्म ‘कागजपत्र’ को पहिलो गीत सार्वजनिक भएको छ । काठमाडौँमा एक कार्यक्रम आयोजना गरी ‘माया संसार’ बोलको गीत सार्वजनिक गरिएको हो । यस गीतमा स्वर, संगीत तथा शब्द हर्कुलस बस्नेतको छ । फिल्ममा नाजिर हुसेन, शिल्पा मास्के, भोलाराज सापकोटा, सरिता गिरी, लोकेन्द्र लेखकलगायतका कलाकारको अभिनय छ ।

 

यस फिल्मलाई अपिल बिष्टले निर्देशन गरेका छन् । यो फिल्म चैत ८ गतेबाट प्रदर्शनमा आउने भएको छ । यस फिल्ममा इपी एजुकेसन अस्ट्रेलियाको प्रस्तुति रहेको छ । यो फिल्म वल्र्डवाइड फिल्म्स र अस सिनेमाको संयुक्त ब्यानरमा निर्माण भएको हो ।

 

यस फिल्मले सामाजिक कथावस्तु तथा कमेडीलाई मिलाएर निर्माण गरिएको छ । खिलेन्द्र तिम्सिना, मुकेश रेग्मी र प्रजापति सिवाकोटी निर्माता रहेको ‘कागजपत्र’ मा किरण न्यौपाने र सरस्वती श्रेष्ठ सहनिर्माताका रुपमा रहेका छन् । यस फिल्ममा वसन्त सापकोटा र संगीत सापकोटाको संगीत, क्यासिमिर डिक्सनको छायांकन, निमेष श्रेष्ठको सम्पादन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्