गृह मन्त्रालय तानिए ललितपुरका प्रमुख जिल्ला अधिकारी पाण्डे



काठमाडौं : ललितपुरका प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेलाई आन्तरिक व्यवस्थापन महाशाखामा सरुवा गरिएको छ ।

गृह मन्त्रालयले ललितपुरका प्रमुख जिल्ला अधिकारी पाण्डेलाई आकस्मिक रुपमा सरुवा गरेको छ ।

पाण्डेलाई गृह मन्त्रालय तानेर उनको स्थानमा आन्तरिक व्यवस्थापन महाशाखा प्रमुख नारायणप्रसाद भट्टलाई जिम्मा दिएको गृह मन्त्रालयले जनाएको छ ।

पाण्डेको कार्यशैली प्रति मन्त्रालयले असन्तुष्ट जनाएको स्रोतले बतायो ।

भट्टले आफ्नो ललितपुर प्रजिअमा सरुवा भएको र आइतबार जिम्मेवारी सम्हाल्न जान लागेको बताए ।

भट्ट मन्त्रालय आउनु अघि भक्तपुरको प्रजिअ थिए । गृहमन्त्री रामबहादुर थापाले शुक्रबार साँझ सरुवाको निर्णय गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्