स्वास्थ्य सामग्री खरिद प्रक्रियामा लेखा समितिले थाल्यो छानबिन



काठमाडौं : स्वास्थ्य सामग्री खरिद प्रक्रियामा भएको भनिएको अनियमितताका विषयमा
संघीय संसद् प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले अध्ययन थालेको छ।

समितिले आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्वास्थ्य सेवा विभागलाई पत्र काट्दै खरिदसम्बन्धी कागजात तथा विवरण उपलब्ध गराइदिन अनुरोध गरेको छ ।

समितिले ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनलसँग स्वास्थ्य विभागमार्फत् भएको स्वास्थ्य सामग्री खरिदको विवरण र बिलबिजक मागेको हो।

खरिद प्रक्रिया सम्बन्धमा मन्त्रालयको प्रतिक्रिया र त्यसलाई पुष्टि हुने आवश्यक कागजातहरु तथा खरिद प्रक्रियामा भए गरेको सम्पर्ण कागजात ७ दिनभित्र समितिमा उपलब्ध गराइदिन निर्देशानुसार अनुरोध गरिएको पत्रमा भनिएको छ।

प्रतिक्रिया दिनुहोस्