कुवेत आममाफी : आजदेखि आवेदन खुला



काठमाडौं : कुवेतले गैरकानुनी रुपमा त्यहाँ बसेका नेपाली श्रमिकलाई आममाफी दिनको लागि आजदेखि आवेदन खोलेको छ । आजदेखि अप्रिल ३० सम्म चार दिनको मात्र समय राखेर आवेदन खोलिएको हो ।

आममाफी पाउनेहरुको नेपालसम्म आउने हवाई टिकट पनि कुवेत सरकारले नै व्यहोर्ने भएको छ । फेब्रअरी २९ सम्म भिसाको म्याद सकिएका नेपाली नागरिकले आवेदन दिन सक्ने कुवेत सरकारलाई उद्धृत गर्दै त्यहाँ रहेको नेपाली दूतावासले जनाएको छ ।

आममाफीको लागि आउँदो ३० तारिखसम्म बिहान ९ बजेभित्र तोकिएको ठाउँमा सम्पर्क गर्न सकिनेछ।जिलिब हसविया क्षेत्रमा बस्ने र जिलिब हसविया क्षेत्रबाहिर बस्नेहरुको लागि छुट्टा–छुट्टै सम्पर्क स्थान तोकिएको छ ।

जिलिब हसविया क्षेत्रमा बस्नेहरूको लागि :

गैरकानुनी भएका पुरुषहरुलाई सम्पर्कको लागि जिलिब अल–सुएख, नयिम बिन मसुद स्कूल बोइज, ब्लक ४, स्ट्रिट २५०९ तोकिएको छ ।

महिलाले जिलिब अल–सुएख, रूफाइदा अल–अस्लामिया प्राइमरी गर्ल्स, ब्लक ४, स्ट्रिट २००९ मा सम्पर्क गर्न सक्नेछन् ।

जिलिब हसविया क्षेत्र बाहेकका अन्य सबै क्षेत्रमा बस्नेहरूका लागि :

पुरुषले फर्वा्निया गभर्नरेट–अल–मुथान्ना प्राइमरी स्कूल–बोइज, बल्क १, स्ट्रिट १२२ मा र महिलाले फर्वानीया गभर्नरेट–फर्मानीया प्राइमरी स्कूल–गर्ल्स, बल्क १, स्ट्रिट ७६ मा सम्पर्क गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्