भारतमा बढ्यो कोरोनाबाट मृत्यु हुनेको संख्या २४ घण्टामा ५६ जनाको मृत्यु



एजेन्सी : भारतमा कोरोना भाइरसको संक्रमण तीव्र रुपमा बढिरहेको छ ।

यहाँका सरकारी अधिकारी अनुसार पछिल्लो २४ घण्टामा ५६ जनाको मृत्यु भएको छ । जुन संख्या अहिलेसम्म एकैदिन सबैभन्दा ज्यान गुमाउनेमा दोस्रो स्थानमा पर्न जान्छ , यसअघि एकैदिन ५९ जनाको मृत्यु भएको छ । तर, पछिल्ला दिनभन्दा धेरै हो ।

हालसम्म भारतमा कोरोनाबाट ८ सय ८१ जनाको मृत्यु भएको छ भने झण्डै २८ हजार संक्रमित छन् जसमा एक हजार ६ सय बितेको २४ घण्टामा भित्रिए ।

भारत कोरोनाबाट सबैभन्दा प्रभावित दक्षिण एसियाली मुलुक हो ।

प्रतिक्रिया दिनुहोस्