अपडेट: गुर्जा हिमाल आरोहणमा गएका ३ कोरियाली र ४ नेपालीको मृत्यु



म्याग्दी:  धौलागिरी गाउँपालिका-१ स्थित ७ हजार १ सय ९३ मिटर अग्लो गुर्जा हिमाल आरोहण गर्न गएका ३ जना दक्षिण कोरियाली र ४ जना नेपालीको हिमआँधीमा परी मृत्यु भएको छ । दुर्घटनामा परी टिम लिडर किम च्याङ हो समेत ३ जना दक्षिण कोरियाली र ४ जना नेपालीको मृत्यु भएको घटनास्थलबाट गाइड लाक्पा शेर्पाले बताए ।

दुर्घटनामा भरिया भएर गएका धौलागिरी गापा-१ गुर्जाका नेत्र छन्त्यालको पनि मृत्यु भएको छ। पर्यटन विभागबाट जारी पर्वतारोहण अनुमति पत्रमा उल्लेखित आरोही र सहयोगी समेतको टिमको नामावली र दुर्घटनामा परेका मृतकको विवरण मिलेको छैन।

‘बेस क्याम्पमा २५ गते राति आएको हिमआँधीले बसेको टेन्टसहित पर्यटकलाई गुटुमुटु पारेर उडाउँदा सबैको मृत्यु भएको हो। को-को जीवित छन्, कसको मृत्यु भयो सनाखत गरिरहेको छु,’ गुर्जाबाट गाईड शेर्पाले भने।

१) किम च्याङ हो (दक्षिण कोरिया) – लिडर, आरोहण दल – ४९ वर्ष

२) रिम इल जिन (दक्षिण कोरिया) – सदस्य, आरोहण दल – ४८ वर्ष

३) यो योङ जिक (दक्षिण कोरिया) – सदस्य, आरोहण दल – ४८ वर्ष

४) लि जाफुन (दक्षिण कोरिया) – सदस्य, आरोहण दल – २४ वर्ष

५) वांग्चु शेर्पा (नेपाल) – सदस्य, आरोहण दल – ४६ वर्ष

६) लाक्पा स्यांग्बो भोटे (नेपाल) – सदस्य, आरोहण दल – २१ वर्ष

७) तेन्जिङ भोटे (नेपाल) – सदस्य, आरोहण दल – ३० वर्ष

प्रतिक्रिया दिनुहोस्