बिक्रिबिल जारी नगर्ने पसललाई २ लाख जरिवाना



काठमाडौं : वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बिक्रिबिल जारीनगरी अनुचित व्यापारिक क्रियाकलाप गर्ने पसललाई कारबाहि गरेको छ।

विभागको टोलीले गरेको अनुगमनका क्रममा काठमाडौंको कपनमा रहेको अमरावती खाद्य स्टोर्सले बिक्रिबिल मूल्य सूचि नराखि अनुचित व्यापारिक क्रियाकलाप गरेको पाइएकाले उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम जरिवाना गरेको हो । सो पसललाई २ लाख जरिवाना गरिएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्