सरकारविरुद्ध विपक्षी तीन दलको मोर्चाबन्दी-लोकतान्त्रिक मूल्य कुल्चिदै सरकार सर्वसत्तावादतर्फ लागेको निष्कर्ष



काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा बसेको तीन दलको बैठकले केपी शर्मा ओली नेवृत्वको वर्तमान सरकारले लोकतान्त्रिक मूल्य र मान्यताहरुलाई कुल्चिदै सर्वसत्तावादतर्फ अग्रसर रहेको आरोप लागएको छ ।

आज (सोमबार) दिउँसो नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीका शीर्ष नेताहरुले यस्तो निष्कर्ष निकाले हुन् ।

बैठकपछि जारी संयुक्त वक्तव्यमा–‘लोकतन्त्रिक मूल्य र मान्यताहरुलाई कुल्चिदै यो सरकार सर्वसत्तावादतर्फ अग्रसर भएको स्पष्ट छ । हामी हो प्रवृत्तिको घोर भत्र्सना गर्दछौ र यस किसिमको स्वेच्छारी र सर्वसत्तावादी प्रवृत्तिविरुद्ध सम्पूर्ण लोकतन्त्रवादी शक्ति ऐकतावद्ध भइ संघर्ष गर्ने प्रतिबद्धता व्यक्ति गर्दर्छौ’ लेखिएको छ ।

यसैगरी सरकारको समेत संलग्नतामा सांसद डा. सुरेन्द्र यादव अपहरण काण्डले नेपाली जनता आक्रोशित भएका बताउँदै अपराधमा संलग्न व्यक्तिहरुलाई तत्काल कानुनी कारबाही गर्न माग गरेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल, विमलेन्द्र निधी, विजयकुमार गच्छदार, शशांक कोइराला, पूर्णबहादुर खड्का, डा. प्रकाशशरण महत, गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विश्वप्रकाश शर्मा राधेश्यक अधिकारी बैठकमा उपस्तिथ थिए ।

त्यस्तै जनता समाजवादीबाट महन्थ ठाकुर, बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, महेन्द्र यादव, शरतसिंह भण्डारी, अशोक राई र राजेन्द्र श्रेष्ठ उपस्थित थिए भने राष्ट्रिय प्रजातन्त्रबाट प्रकाशचन्द्र लोहनीको सभागि थियो ।

मुलुक कोरोनाभाइरसको संक्रमणसँग जुधिरहेको बेला सरकारले ठोस कार्ययोजना दिन नसकेको समेत बताएको छ ।

शेरबहादुर देउवा, उपेन्द्र यादव, शरतसिंह भण्डारी र प्रकाशचन्द लोहनीद्वारा हस्ताक्षरित वक्तव्यमा कोरोनाको संक्रमण रोकथाम र नियन्त्रणका लागि लकडाउनको अवधिमा जनताका न्यूनता आवश्यकता पूर्ति गर्ने तथा नेपाली अर्थतन्त्रमा परेको नकारात्म प्रभावलाई न्यून गर्न आवश्यक राहत र कुनै ठोस कार्ययोजना ल्याउन नसकेको बताउँदै तत्काल राहत र कार्यक्रमको ठोस योजना प्रस्तुत गर्न सरकारसँग माग गरेको छ ।

साथै टेष्टिङमा भएको असाधारण ढिलासुस्ती समाप्त री तीव्रता दिन समेत बैठकले माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्