सानो र कमजोर छिमेकीहरूप्रति चीनको दृष्टिकोण आक्रामक



एजेन्सी– विश्वले कोरोना भाइरससँग संघर्ष गरिरहेको बेला चीनले आफ्नो अर्थव्यवस्था सुदृढ पार्नुको साथसाथै समुद्रदेखि भूमिसम्म बिस्तारबादको एजेन्डा पछ्याइरहेको छ। विश्वको सब भन्दा शक्तिशाली देश बन्ने सपना बोकेर चीनले फेरि समुद्रमा यस्तो बाजी खेलेको छ जसले विश्वभर हलचल मचाइरहेको छ ।

चीनले पहिले आफ्नो लडाकु बिमानहरू दक्षिण चीन सागरमा पठाएको थियो तर अब सार्बजनिक भएको छ कि जब सारा विश्व कोरोनालाई लडिरहेको मौका छोपी चीनले गोप्य रूपमा दक्षिण चीन सागरमा ८० स्थानको नाम परिवर्तन गरेको छ। चीनले जबरजस्ती कब्जा गर्ने अभिप्रायले नाम परिवर्तन गरेको हुन सक्ने बुझिएको छ । पुनः नामकरण गरिएका स्थानहरूमध्ये २५ वटा टापु र चट्टानहरू छन् भने बाँकी छछ वटा समुद्री भूगोल संरचना हो।

चीनले दक्षिण चीन सागरमा निरन्तर हस्तक्षेप गरिरहेको छ। कोरोनाको यो संकटमा पनि यस क्षेत्रमा चीनको हस्तक्षेप घटेको छैन।

गत हप्ता ताइवानले दावी र्गयो कि चीनले आफ्नो युद्धपोत र लडाकु जेटहरू समुद्री क्षेत्रमा पठाएको थियो। जापानले पनि यस दावीलाई जायज ठहरायो। यद्यपि चीनले यी दाबीहरूलाई अस्वीकार र्गयो र यसलाई नियमित सैन्य अभ्यासको रूपमा वर्णन र्गयो। तर चीनले दक्षिण चीन सागरमा स्थानको नाम परिवर्तन गरेको तरिकाले यसले ड्रइगनको वास्तविक अभिप्रायको झलक दिन्छ।

अब बुझ्नुहोस् चीनको यो खेलको वास्तविक अर्थ के हो। यो आरोप लगाइएको छ कि चीनले दक्षिण चीन सागरको जबरजस्ती कब्जा गर्न चाहन्छ। मिडिया रिपोर्टका अनुसार समुद्री स्थानहरूको नाम परिवर्तन चीनको यो योजनाको हिस्सा हुन सक्छ।

यसले सानो र कमजोर छिमेकीहरूप्रति चीनको दृष्टिकोण आक्रामक रहेको छ। चीनको यो कदमले यसको छिमेकी देशहरू चिन्तित पारेको छ। ताइवान र जापान जस्ता देशहरूसँग चीनको सम्बन्ध पहिले नै तनावपूर्ण छ। चीनको यो कदमले दक्षिण चीन क्षेत्रमा तनाव बढाउने विश्वास गरिन्छ।

प्रतिक्रिया दिनुहोस्