खरिद प्रक्रियाको म्याद थप्ने व्यवस्था मिलाउन सार्वजनिक खरिद अनुगमन कार्यालयको आग्रह



काठमाडौं : सार्वजनिक खरिद अनुगमन कार्यालयले खरिद प्रक्रियाको म्याद थप्ने व्यवस्था मिलाउन सम्बन्धित आयोजना तथा कार्यालयलाई भनेको छ।

कोरोना भाइरसका कारण अहिले देशभर लकडाउन भएकाले सोमबार सार्वजनिक खरिद अनुगमन कार्यालयले सूचना जारी गर्दै खरिद प्रक्रियाको म्याद थप्ने व्यवस्था मिलाउन सम्बन्धित आयोजना तथा कार्यालयलाई आग्रह गरेको हो।

सरकारले बैशाख २५ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेपछि सार्वजनिक खरिद अनुगमन कार्यालयले सोमबार सूचना प्रकाशित गरेर म्याद थपको व्यवस्था मिलाउन भनेको छ।

प्रतिक्रिया दिनुहोस्