धादिङमा दादुराबाट २ बालबालिकाको मृत्यु



काठाडौं : धादिङमा दादुराबाट दुई बालबालिकाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

देश कोरोना संक्रमणविरुद्ध लडिरहेका बेला केहि जिल्लामा दादुराको प्रकोप देखिएको मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका वरिष्ठ स्वास्थ्य प्रशासक डा. झलक गौतमले बताए।

उनका अनुसार गत वर्षको पौषदेखि अहिलेसम्म १ सय ८५ जना दादुराका बिरामी भेटिएका छन्।
झापा, सर्लाही, धादिङ, काठमाडौं, ललितपुर, चितवन र गोरखामा ४ महिनादेखि ४० वर्षसम्मका व्यक्तिमा संक्रमण देखिएको उनले बताए।

प्रतिक्रिया दिनुहोस्