५० हजार घुससहित वन उपभोक्ता समितिका अध्यक्ष पक्राउ



काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५० हजार घुससहित वन उपभोक्ता समितिका अध्यक्ष पक्राउ गरेको छ। सामुदायिक वन उपभोक्ता समिति उदासिपुर कैलालीका अध्यक्ष बिर्ख धामीलाई घुससहित पक्राउ गरेको हो।

कैलाली गौरीसंगा नगरपालिका १० का धामीलाई सेवाग्राहीको घरायसी झगडासम्बन्धी उग्र बनाइ इलाका प्रहरी कार्यालय मसुरीया कैलालीमा दर्ता भएको मुद्दामा प्रहरी कर्मचारीको मिलोमतोमा दुस्ख दिइ सेवाग्राहीसँग घुस माग गरेको सूचनाको आधारमा पक्राउ गरिएको अख्तियारका प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिए।

धामीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्