गुप्ता कोरोना त्रास मेटाउन वृद्धाश्रममा खुशी बाँड्दै



जनकपुरधाम: कोरोनाको महामारीले विश्वव्यापी रुपमा संकट र जोखिम निम्त्याई रहेका बेला जनकपुरधामस्थित वृद्धाश्रमकी आमाहरु बढि त्रासमा छन् ।

वृद्धाश्रमकी आमाहरुलाई यस्तो समयमा सहयोग गर्न सामाजिक कार्यमा अग्रसर एक युवाले अत्यावश्यक सामग्री सहयोग गरी खुशी बाँडेका छन् ।

जनकपुरधामको जानकीचोकका सामाजिक अभियन्ता अर्जुन गुप्ताले जानकी वृद्धाश्रममा आज (शुक्रबार) ठुलो मात्रामा खाद्यान्न लगायतका औषधी समेत वितरण गरेका हुन् ।

उनले सो आश्रममा चामल ६० किलो,दाल ५ किलो,आँटा १० किलो,आलु १० किलो,प्याज ५ किलो,तरबुजा १५ किलो,फर्सी ५ किलो,कांक्रो ५ किलो,सोयाबिन १ किलो,तेल ३ लिटर,चाउचाउ १ कार्टुन,बिस्कुट १ कार्टुन,साबुन,सर्फ,मैनबत्ति,नुन,सेनिटाइजर,मास्क,चुर्ण लगायतका सामाग्री वितरण गरेका छन् ।

कोरोना महामारीको त्रासमा बस्न बाध्य वृद्धाश्रमकी आमाहरुलाई खुशी भएर बस्ने मनोबल प्रदान गर्न आफुहरु आएको समाजसेवी गुप्ताले जानकारी दिए । उनले भने,‘यस्तो अवस्थामा उहाँहरु आत्तिनु भएको देखेर मनैदेखि आफ्नै आमा सम्झेर साथ दिन अत्यावश्यक सबै सामग्री लिएर आएको छु ।’

प्रतिक्रिया दिनुहोस्