नेपालगञ्जमा कोरोना पुष्टि भएपछि चार स्थान सिल



नेपालगञ्ज : नेपालगञ्जका एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि जिल्लाका चार स्थानलाई सिल गरिएको छ ।

नेपालगञ्जका डिएसपी रोड, वडा न ८ महेन्द्र पार्क, धम्बोजी चोक र एकलैनी क्षेत्र सिल गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खडकाले बताए ।

आज (शुक्रबार) नेपालगन्ज उपमहानगरपालिकाको डिएसपी रोड महेन्द्र पार्कका ६० वर्षीय पुरुष कोरोना पोजेटिभ देखिएको हो ।

भारतको सीमा क्षेत्र बहराइचबाट करिब एक महिनाअघि नेपाल फर्किएका उनलाई क्वारेन्टाइनमा राखिएको थियो ।

प्रहरी स्रोतका अनुसार महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइनबाट करिब ६ सय जना भाएको थिए । यी संक्रमित पनि भाग्नेमध्ये भएको हो ।

प्रशासनका अनुसार संक्रमित व्यक्ति डिएसपी रोडस्थित घरबाट महेन्द्र पार्कस्थित मस्जिदमा दैनिक अजान दिन आउजाउ गर्दै आएका थिए । जसका कारण उनी थुप्रै व्यक्तिहरुको सम्पर्कमा पुगेको हुनसक्ने भन्दै सिल गरिएको हो ।

उनका श्रीमती र छोरा तथा नजिकका छिमेकीहरुको पनि कोरोना जाँच गरिने भएको छ ।

नेपालगञ्ज धम्वोजीका अर्का एक युवामा पनि संक्रमणको आशंका गरिएपछि यो क्षेत्र सिल गरिएको हो ।

ती युवा धम्बोजीस्थित मस्जिदमा बस्दै आएका थिए ।

डुडवा गाउँपालिकाकाका ती युवा लामो समयदेखि उनी घर छोडर मस्जिद बस्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्