सागरले लिए पहिलो ओभरमै २ विकेट



काठमाडौँ। सागर ढकालले आफ्नो पहिलो ओभरमै २ विकेट लिएका छन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सागरले पहिलो विकेटको रूपमा वेस्ट इन्डिज ‘ए’ का ओपनर एलिक एथानाजको विकेट लिएका हुन्।

६ बलमा १ चौकासहित ६ रन बनाएका उनी कुशल मल्लबाट क्याच आउट भएका हुन्। तेस्रो बलमा आन्द्रे फ्लेचरले प्रहार गरेको बल उनको हातमा सिधै लागेको थियो। तर, सागरले क्याच लिन सकेनन्।

चौथो बलमा फ्लेचरलाई १ रन दिएका उनले पाँचौँ बलमा अर्का ओपनर जोनसन चार्ल्सलाई बोल्ड गरे। चार्ल्स ९ बलमा १ चौकासहित ११ रन बनाएर पेभिलियन फर्किए।

प्रतिक्रिया दिनुहोस्