प्रदेश २ मा २ हजार ३८५ को स्वाब परिक्षण, १ हजार ८९८ को नेगेटिभ, १२ को पोजेटिभ



जनकपुरधाम: प्रदेश २ मा शुक्रबारसम्म २ हजार ३ सय ८५ जना कोरोनाभाइरसका शंकास्पद बिरामीहरुको थ्रोट स्वाब संकलन गरिएको छ ।

ती मध्ये १२ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ भने १ हजार ८ सय ९८ जनाको रिपोर्ट नेगेटिभ आएको छ । ४ सय ७५ जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।

प्रदेशमा कोरोना संक्रमणको आशंकामा विभिन्न जिल्लामा निर्माण गरिएको ३ हजार ९ सय ६७ बेड क्षमताको १ सय ७४ वटा क्वारेन्टाइनमा १ हजार ४ सय ५९ जना व्यक्तिलाई राखिएको सामाजिक विकास मन्त्रालयका सचिव डा.रामप्रसाद घिमिरेले जानकारी दिए ।

प्रदेश भरिमा अहिले ४ हजार ६ सय १४ जना व्यक्तिहरु होम क्वारेन्टाइनमा रहेका छन् भने २ सय ६७ बेड क्षमताको आईसोलेसनमा २४ जना भर्ना रहेको उनले बताए ।

जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा ८ जना, महेन्द्र गेनाई अस्पताल सिरहामा १ जना र सिमरास्थित अस्थायी उपचार कक्षमा ७ जना गरि कुल १६ जना शंकास्पद बिरामीलाई आईसोलेशनमा राखेर उपचार भइरहेको सचिव घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्