राहत वितरण



डोल्पा: डोल्पाको ठुलीभेरी नगरपालिकाले वडा नं ३ का दलित, गरिब, श्रमिकलगायतका लक्षित वर्गलाइ राहत वितरण गरेको छ ।

वडाभित्रका १७२ घरधुरीलाई राहतस्वरुप चामल, नुन, तेललगायतका सामग्री वितरण गरेको हो । न्युन आयस्तर भएका वडाका ५० घरधुरी र ज्याला मजदुरी गरेर दुनैमा बस्दै आएका जिल्ला बाहिरका १२२ घरपरिवारलाई राहत वितरण गरेको वडा कार्यालयले जनाएको छ ।

वडाभित्रका घरपरिवारले ३० किलो चामल, नुन, खानेतेल, साबुन र बाहिर जिल्लाका श्रमिकले १५ किलो चामल, नुन, खानेतेल, साबुन पाएका हुन् । नगरपालिकाले बनाएको नीतिअनुसार राहत वितरण गरेको वडाध्यक्ष अर्ण न्यौपानेले जानकारी दिए ।

वडाभित्र र बाहिरका भनेर राहत वितरणमा विभेद गरिएको भन्दै जिल्ला बाहिरका श्रमिकले विरोध गरेका थिए । नगरप्रमुख गणेशबहादुर शाहीले स्थानीयवासीले प्राथामिकताका आधारमा धेरै राहत पाएको र वडा क्षेत्रमा बसोबास गर्ने नागरिक भोकै बस्नु नपर्ने बताए ।

नगरपालिकाको वडा नं १, २, ३ र ४ का घरपरिवारलाई किडार्क नेपालले ५० हजार बरारबरको साबुन हस्तान्तरण गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्