६ जिल्लाका एसपी फेरिए



काठमाडौं : प्रहरी प्रधान कार्यालयले ६ जिल्लामा प्रहरी उपरीक्षक (एसपी)को काज सरुवा गरेको छ ।

प्रहरी प्रधान कार्यालयले सुनसरी, बर्दिया, नवरवरासी (पश्चिम), बाग्लुङ, दाङ कैलालीमा कार्यरत एसपी बढुवा भएपछि रिक्त पदमा काज सरुवा गरिएको हो ।

सुनसरीमा कमल थापा, बर्दियामा केदार रजौरे, नवलपरासी (पश्चिम)मा अजय केसी, बाग्लुङमा शारदा चौधरी, दाङमा गणेश चन्द र कैलालीमा अनुपमशमशेर जबरालाई पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

सुनसरीका यज्ञविनोद पोखरेल, बर्दियाका राजेश बाँस्तोला, नवलपरासी (पश्चिम)का लालमणि आचार्य, दाङका अजय भट्टराई, बाग्लुङका नवराज भट्ट तथा कैलालीका सुदीप गिरी एसएसपीमा बढुवा भएपछि ती जिल्लामा एसपीको दरबन्दी रिक्त भएको थियो ।

प्रतिक्रिया दिनुहोस्