उपचारपछि घर फर्केमा रौतहटका युवकमा पुनः कोरोना संक्रमण



वीरगन्ज– कोरोना संक्रमणको सफल उपचार पश्चात घर फर्केका रौतहटका एक युवकमा पुनः कोरोना पुष्टि भएको छ ।

रौतहट जिल्लाको ईस्नात नगरपालिका ८ का १९ बर्षिय युवक दोश्रो पटक कोरोना संक्रमित भेटिएपछि उपचारको लागि पुनः वीरगन्जको नारायणी अस्पतालको आइशोलेसनमा भर्ना गरिएको छ ।

बैशाख १ गते कोरोना संक्रमणको पुष्टि भएपछि बैशाख २ गते अस्पतालको आईसोलेशनमा युवकलाई ल्याएर भर्ना गरिएको थियो । उनको उपचार सफल भएपछि र तीन पटक पीसिआर परिक्षण गर्न पनि रिपोर्ट पोजेटिभ नदेखिएपछि बैशाख १४ गते अस्पतालले सम्मानका साथ युवक सहित तीनजना जमातीलाई समेत विदाई गरीसकेको थियो ।

शनिबार पुन युवकको पीसिआर रिपोर्ट आएपछि कोरोना पोजेटिभ भेटिए लगतै वीरगन्जको नारायणी अस्पतालको एम्बुलेन्स पठाएर युवकलाई अस्पतालमा ल्याएर आइसोलेशनमा राखिएको छ । युवकको परिवार सहित १३ जनाको स्वाब संकलन गरी पीसीआर परीक्षणको हेटौंडा ल्याबमा पठाईएको थियो ।

शनिबार दिउँसो १३ जना मध्ये ती युवकको रिपोर्टमा शंका लागेपछि उनलाई फेरी वीरगन्ज ल्याईएको हो ।

ती युवकलाई नारायणी अस्पतालको आईसोलेशनमा ल्याएर भर्ना गरिएको छ । अस्पतालका एक चिकित्सकले सो युवक स्वाव दिनका लागि अस्पताल आएको भएपछि कोरोना हो वा होइन भन्ने पुष्टि नभएको बताए । यता अस्पतालका मेसु डा. मदन उपाध्याय फोन उठाउदैनन् ।

चैतको दोस्रो साता भारतबाट आएर रौतहटको ईस्नाथ नगरपालिकाको क्वारेन्टाईनमा बस्दै आएका युवकमा बैशाख १ गते कोरोना संक्रमण भएको पुष्टी भएपछि बैशाख २ गते अस्पतालको आइसोलेशनमा ल्याएर भर्ना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्