प्रधानसेनापति दाबेदार मानिएका प्रभुराम शर्मा रथीमा बढुवा



काठमाडौं : सरकारले भावी प्रधानसेनापति दाबेदार मानिएका उपरथी प्रभराम शर्मालाई रथी (तीनतारे जर्नेल) मा पदोन्नतिगरेको छ ।

आइतबार सैनिक मुख्यालयमा एक समारोहबीच प्रधानसेनापति पूर्णचन्द्र थापाले उनलाई रथीको दर्जयानी चिह्न प्रदान गरका हुन् । सेनाको २० बेसिकका अफिसर शर्माले आइतबारदेखि बलाध्यक्ष विभागको कार्यभार सम्हालेका छन् । रथी गौरव तण्डुलको पदावधि समिएपछि शर्माको पदोन्नति भएको हो ।

दोस्रो वरीयताका रथी (बलाध्यक्ष) गौरव तण्डुल उमेर हदका कारण वैशाख १९ बाट अनिवार्य अवकाश पाएका हुन् । सोही खाली पदमा शर्माको बढुवा भएको हो ।

वैशाख १४ को मन्त्रिपरिषद्ले उनलाई रथीमा बढुवा गरेको थियो । सेनामा दुई रथीको पद छ ।
अहिले उनी करिब ९६ हजार सैनिक संगठनको तेस्रो शक्तिशाली व्यक्ति बनेका छन् ।

सैनिक ऐनअनुसार रथीको उमेर हद ५८ वर्ष तोकिएको छ । सेनाका पहिलो वरीयताका रथी (बलाधिकृत) शरद गिरी पनि उमेर हदका कारण असार ६ गते अनिवार्य अवकाश पाउँदै छन् । गिरीको अवकाशपछि शर्मा पहिलो वरीयताका रथी अर्थात् प्रधानसेनापतिपछि संगठनमा सबैभन्दा शक्तिशाली सैनिक अधिकृत हुनेछन् ।

शर्माको रथीको कार्यकाल २०७८ पुससम्म रहने र प्रधानसेनापति थापाको तीन वर्षे कार्यकाल २०७८ भदौ २४ मा सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्