धनगढीमा कफ्र्युको भ्रम नफैलाउन प्रशासनको आग्रह



धनगढी: धनगढीमा कफ्र्युको भ्रम नफैलाउन प्रशासनले आग्रह गरेको छ ।

सामाजिक संजालमा कतिपयले धनगढीमा आज र कतिपयले भोलीदेखि कफ्र्यु लाग्ने भन्दै भ्रम फैलाएपछि जिल्ला प्रशासन कार्यालय कैलालीले यस्तो आग्रह गरेको हो ।

कैलालीका सहायक प्रमख जिल्ला अधिकारी मोहन जोशीले धनगढीमा कफ्र्यु लाग्ने कुरामा कुनै सत्यता नभएको भन्दै भ्रमको पछाडि नलाग्न आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्