हजारका नक्कली नोटसहित एकजना पक्राउ



काठमाडौं :  महानगरीय प्रहरीले एक लाख ५२ हजार नेपाली नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ।

प्रहरी टोलीले शनिबार राति एक हजार दरका नक्कली नोटसहित गोंगबुस्थित गौमती सिर्पालीको घरमा डेरा गरी बस्ने पोमबहादुर कुँवरलाई पक्राउ गरेको हो। 

कुँवरको कोठाबाट सो नक्कली नोट बरामद गरिएको महानगरीय प्रहरी बृत्त गोगंवुले जनाएको छ। कुँवरसँगै बस्ने हिक्मत मियाँ भने फरार रहेको प्रहरीको भनाइ छ।

फरार मियाँलाई प्रहरीले व्यापक खोजतलाश गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्