सिन्धुलीमा फेरि बस दुर्घटना



राजमार्गअन्तर्गत बनेपा–सिन्धुली खण्डको सुनकोशी गाउँपालिका–३ बोहोरेटार शनिबार फेरि यात्रुबाहक बस दुर्घटना भएको छ। काठमाडौंबाट दशैंमा घर फर्केका ३० यात्रु लिएर उदयपुरको गाईघाटतर्फ आउदै गरेको बा२ख ५९३४ नम्बरको बस आफैँ अनियन्त्रित भई पल्टिएको हो।

 

 दुर्घटनामा परी एक जनाको हात भाच्चिएको छ भने अरू बाँकी यात्रु सकुशल रहेका जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रबक्ता तथा प्रहरी नायवउपरीक्षक लोक दर्शन थापाले जानकारी दिए।

 

 दुर्घटनामा उदयपुर त्रियुगा नगरपालिकाका–२२ वर्षीय मिनेश्वर चौधरीको हात भाँचिएको र उनलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको प्रहरी नायव उपरीक्षक थापाले जानकारी दिए। शुक्रबार मात्रै सुनकोशी गाउँपालिका गाउँपालिकाकै–५ रिठ्ठेभिरमा मरिणबाट काठमाडौं हिँडेको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको थियो। ५ जना घाइते भएका छन्।  

 

प्रतिक्रिया दिनुहोस्