नेपाल–भारत सीमा नाकामा सशस्त्र प्रहरीद्वारा हवाई फायर



झापा : भारतीय नागरिक अवैध रुपमा नेपाल प्रवेश गर्न खोजेपछि नेपाल सरकारको सीमा नाकामा सशस्त्र प्रहरीले दुई राउण्ड हवाई फायर गरेको छ ।

झाप गाउँपालिका ४ स्थित सुकुमवासी नजिकै १ सयभन्दा बढी भारतीय नागरिकले सुरक्षाकर्मीमाथि बल प्रयोग गरि नेपाल प्रवेश गर्न खोजेपछि सीमामा तैनाथ सशस्त्र प्रहरीले प्रतिकार गर्दै सोमबार साँझ हवाई फायर गरेको हो ।

एक महिनादेखि भारततर्फ एसएसपी र नेपालतर्फ सशस्त्र र जनपथ प्रहरीले सुरक्षा दिइरहेको छन् ।

आज (मंगलबार) भारततर्फका एसएसपीसँगको छलफलमा दुई तर्फका सीमा नाकामा थप कडाइ गर्ने र आगामी दिनहरुमा यस्तो चुनौतीपूर्ण अवस्था आउन नदिने सम्झौता भएको छ ।

प्रतिक्रिया दिनुहोस्