खाली कन्टेनरबाट एक करोडभन्दा बढी रुपैयाँ बरामद



विराटनगर: खाली कन्टेनरमा नेपाल भित्र्याउँदै गरेको एक करोडभन्दा बढी भारतीय रुपैयाँ बरामद भएको छ ।

खाली कन्टेनरमा नेपाल भित्र्याउँदै गरेको एक करोडभन्दा बढी भारतीय रुपैयाँ विराटनगर भन्सारबाट सशस्त्र प्रहरीले बरामद गरेको हो ।

नेपाल-भारत संयुक्त जाँच चौकी (आइसिपी) हुँदै नेपाल भित्र्याउँदै गरेको अवस्थामा एक करोड नौ लाख ७९ हजार पाँच सय भारतीय रुपैयाँ बरामद गरिएको भन्सार कार्यालयका प्रमुख शिवप्रसाद भण्डारीले जानकारी दिएका छन् ।

डब्ल्युबी ७३ ई ७६३५ नम्बरको खाली कन्टेनर जाँच गर्ने क्रममा बोरामा हालेर लुकाएर ल्याइएको भारतीय रुपैयाँ बरामद गरिएको हो । रकमसँगै कन्टेनरका चालक र सहचालक पनि पक्राउ परेका छन् ।

प्रतिक्रिया दिनुहोस्