तीन पटक कोरोना रिपोर्ट नेगेटिभ आएपछि कोशी अस्पतालबाट ६ जना डिस्चार्ज



विराटनगर : उदयपुरको एक मस्जिदमा बसेको समयमा कोरोना संक्रमण पुष्टि भएका १२ जनामध्ये ६ जना आज (बुधबार) डिस्चार्ज भएका छन् । डिस्चार्ज हुने सबै भारतीय नागरिक हुन् ।

बिहान विराटनगरस्थित कोरोना विशेष अस्पतालमा एक कार्यक्रमको आयोजना गरेर उनीहरुलाई सामाजिक विकास मन्त्री जिवन घिमिरेले अस्पतालबाट बिदा गरेका हुन् ।

उदयपुरको एक मस्जिदमा बसेको समयमा कोरोना संक्रमण पुष्टि भएका १२ जनामध्ये ६ जनाको कोरोना परीक्षणमा रिपोर्ट नेगेटिभ आएकाले उनीहरुलाई डिस्चार्ज गरिएको हो ।

कोरोना विशेष अस्पतालका प्रमुख डाक्टर दीपक सिग्देलका अनुसार १२ जना संक्रमितमध्ये उनीहरुको तीन पटकसम्मको परीक्षणमा कोरोना रिपोर्ट नेगेटिभ आएको हो ।अस्पतालमा उपचार गराइरहेका ३१ जनामध्ये डिस्चार्ज भएका बाहेकको पनि स्वास्थ्य अवस्था सामान्य रहेको छ

वैशाख ५ र ६ मा अस्पताल भर्ना भएका १३ जनामध्ये बुधबार डिस्चार्ज भएका ६ जना मुस्लिम धर्म प्रचारक जमातीले हुन् ।

डिस्चार्ज हुनेमा ३० वर्षीय अनुस जैदी, २९ वर्षीय मोहम्मद अजिज, २८ वर्षीय मोहम्मद जावेद, २१ वर्षीय मोहम्मद अहमद साहेव, ३४ वर्षीय मोहम्मद अजिरवान र २६ वर्षीय मोहम्वद राशिद रहेको मन्त्री घिमिरेले जानकारी दिए ।

डिर्चार्ज भएपछि उनीहरुको अनुमतिमा नै सामाजिक विकास मन्त्री घिमिरेले नाम सार्वजनिक गरेका हुन् ।

डिस्चार्जपछि उनीहरुलाई एम्बुलेन्समा राखेर विराटनगर–१६ रानीको एक मस्जिदमा निर्माण गरिएको क्वारेन्टाइनमा लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्