उपचारका क्रममा मृत्यु भएकाको स्वाब परीक्षण गरिँदै



चितवन: पुरानो मेडिकल कलेजको आइसोलेसनमा उपचारका क्रममा मृत्यु भएकाको स्वाब परीक्षण गरिने भएको छ ।

दम, उच्च रक्तचाप र ज्वरो आएर उपचारका लागि आएकी रुपन्देही जिल्ला घर भई हाल खैरहनी नगरपालिका-१२ बस्ने ६० वर्षीया उमादेवी विकको उपचारका क्रममा मंगलबार राति मृत्यु भएको थियो ।

अस्पतलामा उनको मृत्यु भएपछि कोरोना भाइरसको आशंकामा स्वाब संकलन गरी काठमाडौं पठाउने तयारी गरिएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले जानकारी दिए ।

मृत्यु भएकी विकको शव भरतपुर अस्पतालको शवगृहमा राखिएको छ । यसअघि पनि भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालमा उपचाररत वीरगञ्जका सन्तोष यादवको मृत्यु भएको थियो । उनको पनि स्वाब परीक्षण गरिएको थियो । तर, उनको कोरोना रिपोर्ट भने नेगेटिभ आएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्