बाँके-बर्दियाका किसानले भित्र्याए गहुँबाली



काठमाडौं: बन्दाबन्दीकैबीचमा बाँके र बर्दियाका किसानले गहुँबाली भित्र्याएका छन् ।

कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालका अनुसार यस वर्ष बाँकेमा २ हजार १७६ र बर्दियामा १ हजार ९३६ हेक्टरमा गहुँखेती गरिएको थियो ।

यस वर्ष बाँकेमा ६ हजार ५२८ र बर्दियामा ६ हजार मेट्रिकटन गहुँ उत्पादन भएको प्रारम्भिक आकंलन गरिएको ढकालले जानकारी दिए । हिउँदमा बढी पानी परेकाले यी दुई जिल्लामा गहुँको उत्पादनमा केही कमी आउने अनुमान गरिएको छ ।

बन्दाबन्दीमा जसोतसो गहुँबाली भित्र्याएका किसान बिक्रीवितरणमा सहजता नहुँदा समस्यामा परेको बर्दिया राजापुरका किसान पहाडी चौधरीले बताए । यस वर्ष सरकारले गहुँको समर्थन मूल्य ३ हजार १५ तोकेको छ ।

कतिपय व्यापारीले त्यसभन्दा कम मूल्यमा गहुँ खरीद गरिरहेको किसानको गुनासो छ । लकडाउनले गर्दा सबै व्यापारीले गहुँ खरीद गर्न पनि नसकेको जनाइएको छ । केही व्यापारीले मात्रै गहुँ खरीद गर्दा मूल्यमा मनोमानी भएको किसानको गुनासो छ ।

अहिले गहँु भित्र्याएका किसान धान लगाउने तयारीमा छन् । लकडाउनले गर्दा धान खेतीका लागि आवश्यक तयारी गर्न समस्या हुने हो कि भनेर किसान केही चिन्तित देखिएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्