भैँसी चराउन गएका बालक मृत फेला



सर्लाही: भैँसी चराउन गएका एक बालक मृत फेला परेका छन् ।

सर्लाहीको चक्रघटा गाउँपालिका-६ गोइयाहीमा सोमबारदेखि हराएका स्थानीयवासी रामेश्वर साहका १२ वर्षीय छोरा सुरज साह मृत फेला परेका हुन् ।

सोमबार दिउँसो भैँसी चराउन गएका बालकको शव मंगलबार गाउँ नजिकै रहेको इँटाभट्टाको खाल्डोमा फेला परेको सर्लाहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस्